Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कर्मचारीे क्षमता अभिबृद्धिको लागि कालिकाको तालिम सुदुर र मध्य पश्चिमका १४ शाखाका ४८ जना कर्मचारीहरुको सहभागिता

कर्मचारीे क्षमता अभिबृद्धिको लागि कालिकाको तालिम सुदुर र मध्य पश्चिमका १४ शाखाका ४८ जना कर्मचारीहरुको सहभागिता

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि शाखा, फिल्ड व्यवस्थापन तथा सफ्टवेयर तालिम प्रदेश नं. ७ को बुडर डोटी र प्रदेश नं. ६ बाँके कोहलपुरमा सम्पन्न गरेको छ । माघ २६ गते डोटी जिल्लाको बुडर स्थित होटल पिपल चौतारीमा ६ वटा शाखा कार्यालयका २४ जना कर्मचारीहरु तथा माघ २८ गते बाँकेको कोहलपुर स्थित होटल रिभरसाइडमा ८ वटा शाखा कार्यालयका २४ वटा जना कर्मचारीहरुको लागि तालिमको आयोजना गरेको हो । शाखामा कार्यरत कर्मचारीहरुलाई संस्थाको पछिल्लो नीति नीयमहरु तथा जोखिम व्यवस्थापन एवं वार्षिक लक्ष्यलाई लक्षित गरि कार्यक्रम राखिएको संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले जानकारी दिए । आन्तरिक क्षमता अभिबृद्धिको लागि कर्मचारीहरुलाई संस्थाका बिभागिय प्रमुख राजेश श्रेष्ठ लगायत विभागिय कर्मचारीहरुले सहजिकरण गरेको हो । तालिममा शाखा व्यवस्थापन, फिल्डमा हुने समस्याहरु, संस्थागत नीतिनीयम, गुणस्तरीय कर्जा तथा भाखा नाघेको कर्जा व्यवस्थापन एवं संस्थाको सफ्टवेयर सञ्चालनको तालिम दिइएको हो । तालिमको लागि च्ःम्ऋ संस्थाले सहयोग गरेको थियो ।
सञ्चालनमा आएका ७० वटा शाखाहरु मध्ये यस अघि ५५ वटा शाखामा कार्यरत कर्मचारीहरुलाई विभिन्न ८ वटा ठाउँमा तालिम दिइएको तालिम संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत बोहराले आगामी दिनमा कर्मचारी क्षमता अभिबृद्धिको लागि थप विभिन्न तालिमहरुको आयोजना गरिने बताउनु भयो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top