Head Office

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

Branch Office

Sun - Thu: 7:30 am - 5 pm

Fri: 7:30 am - 3:00 pm

Closed on Saturdays & public holidays

कालिका लघुवित्तका अध्यक्ष खाँडको राष्ट्र बैंक समक्ष सपथ

कालिका लघुवित्तका अध्यक्ष खाँडको राष्ट्र बैंक समक्ष सपथ

कालिका लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्ष कृष्ण खाँडले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष अध्यक्ष खाँडले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
संस्थाको ९ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएको थियो । २०७५ माघ १९ गते बसेको संचालक समितिको १६५ औं बैठकले संचालक खाँडलाई अध्यक्ष चयन गरेको थियो ।
संस्थाले २०७५ माघ मसान्त सम्ममा २५ जिल्लाका ७० वटा शाखा कार्यालय मार्फत करिव ३३ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । संस्थाले सदस्यहरुबाट ६१ करोड ६१ लाख निक्षेप संकलन सहित १ अर्ब ६० करोड लगानी गरेको छ ।
सपथ ग्रहण कार्यक्रममा संस्थाका सर्वसाधारण शेयरधनी संचालक विश्वराज नेपाल, करुणा पोख्रेल, प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा राष्ट्रबैंकका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top