Head Office

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

Branch Office

Sun - Thu: 7:30 am - 5 pm

Fri: 7:30 am - 3:00 pm

Closed on Saturdays & public holidays

कालिका लघुवित्त वित्तिय संस्थाले दियो ढोरपाटनका बाढि पीडितका लागि २ लाख ४० हजार राहत

कालिका लघुवित्त वित्तिय संस्थाले दियो ढोरपाटनका बाढि पीडितका लागि २ लाख ४० हजार राहत

 

कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले ढोरपाटनका बाढि पीडितका लागि राहत हस्तान्त्रण गरेको छ ।

संस्थाको तर्फदेखि ढोरपाटन नगरपालिका ८ र ९ का बाढी पीडितका निम्ती २ लाख ४० हजार पीडितको माझमा पुगेर हस्तान्तरण गरीएको बुर्तिबाङ शाखाका प्रबन्धक भरतकुमार गौतमले बताए । संस्थाका केन्द्रीय अध्यक्ष विकास गौचन र

कार्यकारी अधिकृत कमलबहादुर खत्रीको विशेष उपस्थितीमा आफ्नो संस्थाका सदस्य ५ जना र अन्य बाढीका कारण ज्यान गुमाएका र बेपत्ता बनेका परिवारका निम्ती राहत रकम हस्तान्त्रण गरीएको जनाइएको छ ।

संस्थाका ऋणि सदस्य ५ जनाले ज्यान गुमाएकोमा प्रति व्याक्ति २० हजार नगद सहित उनीहरुले व्यवसाय तथा आय आर्जनका निम्ती लिएको ऋण बापतको ४ लाख रुपैयाँ संस्थाले मिनाहा गरेको गौतमले बताए ।

त्यसैगरी संस्थामा आवद्ध भई पूर्ण रुपमा घरबास विहिन बनेका ७ परिवारका निम्ती प्रति परिवार ५ हजार रुपैयाँका दरले ३५ हजार रुपैयाँ वडा अध्यक्ष हरीबहादुर घर्तीको रहोबरमा हस्तान्त्रण गरीएको थियो ।

त्यसैगरी संस्थाले बाढीका कारण ज्यान गुमाएका तथा वेपत्ता बनेकाहरुका लागि प्रति व्याक्ति ३ हजार रुपैयाँका दरले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरीएको हो ।

कालिका लघुवित्त संस्था २०६६ सालमा दर्ता भई देशभर ९६ शाखाबाट सेवा दिइरहेको अवस्थामा बुर्तिबाङमा समेत २०७३ साल फाल्गुन महिनादेखि सेवा प्रदान गर्दे आइरहेको हो ।

आफ्ना सदस्यको ज्यान गुम्दा संस्थाको तर्फदेखि परिवारलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले आफुहरुले पीडितहरुको माझमा पुगेर राहत हस्तान्तरण गरीएको र सदस्यहरुले लगेको तिर्न बाँकी ऋण समेत मिनाहा गरीएको बुर्तिबाङ शाखाका प्रबन्धक भरत कुमार गौतमले बताए ।

Notice
Career
Check Mail
Staff Login
Back To Top