Head Office

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

Branch Office

Sun - Thu: 7:30 am - 5 pm

Fri: 7:30 am - 3:00 pm

Closed on Saturdays & public holidays

कर्मचारीहरु को क्षमता अभिवृद्ध गर्दै कालिका बैंक

कर्मचारीहरु को क्षमता अभिवृद्ध गर्दै कालिका बैंक

स्याङ्जा  वालिङ्ग केन्द्रिय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलोपमेन्ट बैंक लि. ले संस्थामा नया कार्यरत फिल्ड सहायक कर्मचारीहरुका लागि दुईदिने फिल्ड तथा केन्द्र ब्यबस्थापन र सफ्टवेयर सम्बन्धि दुई दिने तालिम पाल्पाको तानसेनमा सम्पन्न गरेको छ|२०७४ भद्र ३१ बाट आश्विन १ गते सम्म भएको तलिममा  नेपाल कम्युमिटी डेभलोपमेन्ट बैंक लि . का अधक्ष्य पशुपति घिमिरेले पानसमा बत्ति बालेर उद् घाटन गर्दै कर्मचारी को क्षमता अभिवृद्धको लागि बैंक ले आयोजना गरेको तालिम अनुकरणीय रहेको बताए]

तालिममा  स्याङ्जा, पाल्पा, रुपन्देही र नवलपरासी जिल्लामा संचालित शाखा कार्यालयबाट ४५ जना फिल्ड कर्मचारीहरु को सहभागितारहेको थियो|

बैंकक प्रमुख कार्यकारी अधिकृत मिन बहदुर बोहराले दक्ष कर्मचारी संस्थाको सम्पत्ति भएको बताउदै यस तालिम संगै बैंकको सम्पूर्ण कर्मचारीहरुले आधारभूत तालिम प्राप्त गरेको र आगामी दिनमा दोश्रो चरण को तालिम आयोजना गरि सबै कर्मचारीलाई अझै दक्ष बनाउने बताउनु भयो| प्रमुख कार्यकारी अधिकृत बोहोराले बित्तिय संस्थाको हालको आवस्था, नियमन, निकायहरु को  निर्देशन, लघुवित्तको संभावना र चुनौती को बारेमा जानकारी दिएका थिए|

तालिममा बैंकमा अनुगमन तथा आन्तरिक लेखा विभागीय प्रमुख खेम नारायण रेग्मीले कर्जा महत्व, लगानी किन गर्ने, कर्जा को भाखा नाघ्न नदिन गर्नु पर्ने उपाय र कार्यहरु को बारेमा जानकारी गराएका थिए| केन्द्रीय कार्यालयका जुनियर अधिकृत यम प्रसाद अर्यालले कर्जा तथा वचतका प्रकार , सामाजिक सुरक्षणकोष , व्यक्ति तथा संस्थामा सकारात्मक सोच र उत्प्रेरेनाको बिषयमा तालिम दिएका थिए| त्यसै गरि सूचना तथा प्रबिधि बिभाग प्रमुख ई. अनुप श्रेष्ठले कर्मचारीहरुलाई संस्थाको सफ्टवेर सम्बन्धि तालिम दिएका थिए भने भैरहवा तथा वालिङ्ग  क्षेत्रीय अनुगमन अधिकृत द्वय कविता पोख्रेल र भुमा कुमारी गैह्रेले केन्द्र व्यवस्थापन तथा ग्राहक छनौट ब्यबस्थित केन्द्र बिषयमा तालिम दिएका थिए| तालिममा पन्चनगर शाखाक प्रबन्धक हरी प्रसाद खनाल ले कागज पत्र ब्यबस्थापन को बारेमा सहजीकरण गरेका थिए| बैंक ले यस अघि भाद्रको दोश्रो साता पोखरामा दुई दिने क्षमता अभिवृद्ध तालिम संचालन गरेको थियो|

Notice
Career
Check Mail
Staff Login
Back To Top