Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

शाखा प्रमुख स्तरीय २ दिने कार्यक्रम सम्पन्न

शाखा प्रमुख स्तरीय २ दिने कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्थाको शाखा प्रमुख स्तरीय २ दिने आ.व. ०७९/८० को अर्धवार्षिक प्रगति समिक्षा र आगामी अवधीको लक्ष्य तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । २०७९ फागुन १२ र १३ गते पोखराको लेकसाईड स्थीत टिका रिसोर्टमा संचालित तालिम कार्यक्रममा अनुगमन मुकाम कार्यालयका अनुगमन अधिकृत र सम्पूर्ण १०० वटा शाखाहरुबाट शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्‍घाटन सत्रको अध्यक्षता र उद्‍घाटन प्रवन्ध संचालक केशवनारायण प्रधानले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले शुभकामना मन्तव्य र कर्जा विभाग प्रमुख हर्ष बहादुर स्याङतानले स्वागत मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन अनुगमन तथा योजना विभाग प्रमुख कविता पोखरेलले सञ्चालन गर्नुभएको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top