कालिका लघुवित्त वित्तीय संस्थाको २ दिने शाखा अनुगमन सम्बन्धी सिकाई तथा तालिम कार्यक्रम मिति २०८०/०८/०८ देखि २०८०/०८/०९ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ |

संचालित तालिम कार्यक्रममा अनुगमन मुकाममा कार्यरत अनुगमन अधिकारीहरुको उपस्थिति रहेको थियो|कार्यक्रमको उद्घाटन अध्यक्षता संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्यूले गर्नुभएको थियो। का.मु.प्रवन्धक हर्ष बहादुर स्याङ्तान ज्यूले स्वागत मन्तव्य र कार्यक्रमको उदेश्य माथि प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुलाई का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्यूले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कविता पोख्रेल ज्यूले गर्नुभएको थियो ।