Check Mail Check CIB
News & Events

कालिका लघुवित्त वित्तीय संस्थाले लेखापाल कर्मचारीहरुलाई "Enhancing Accounting Skills Training Program" बिषयक १ दिने तालिम कार्यक्रम मिति २०८३ असोज १८ गते आइतबार पोखरा ड्यामसाइड स्थित होटल यल्लो प्यागोडा मा सम्पन्न भएको छ ।

05 Oct 2026
Kalika Laghubitta
कालिका लघुवित्त वित्तीय संस्थाले लेखापाल कर्मचारीहरुलाई "Enhancing Accounting Skills Training Program" बिषयक १ दिने तालिम कार्यक्रम  मिति २०८३ असोज १८ गते  आइतबार पोखरा ड्यामसाइड स्थित होटल यल्लो प्यागोडा मा सम्पन्न भएको छ ।

वित्तीय संस्थाका  ५ वटा अनुगमन मुकाम कार्यालय वालिङ, कुश्मा,वामिटक्सार, साजवोट र शिशुवा  अन्तर्गतका  ४७ वटा शाखा कार्यालयका  लेखापाल कर्मचारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेज्यूले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई सहायक प्रवन्धक श्री खेम नारायण रेग्मीज्यूको स्वागत मन्तव्य,  प्रवन्धक श्री हर्ष स्याङतानज्यूले शुभकामना मन्तब्य  रहेको तालिम कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत श्री दिवस ढकालज्यूले कार्यक्रमको उद्देश्य माथि प्रष्ट पार्नुभएको थियो ।  लेखा विभाग प्रमुख श्री याम प्रसाद अर्यालले लेखा सम्बन्धि, सूचना तथा प्रविधि विभाग प्रमुख श्री स्वीकृती के.सी. र जोखिम ब्यवस्थापन तथा असुली विभागका श्री बिमल श्रेष्ठले सुरक्षित कर्जा लगानी र अहिलेको बिषम परिस्थितिमा कर्जा असुली सम्बन्धमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख श्री कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो ।