Check Mail Check CIB
News & Events

कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा सञ्चालक श्री चन्द्र बहादुर क्षेत्री नियुक्त

26 May 2022
Kalika Laghubitta
कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा सञ्चालक श्री चन्द्र बहादुर क्षेत्री नियुक्त

यस संस्थाको मिति २०७९ जेठ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार महाशिला गाउँपालिका वडा नं ४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं ६ मा वसोवास गर्नुहुने यसै संस्थाका सञ्चालक श्री चन्द्र बहादुर क्षेत्री सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ । कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गर्नुभएको उहाँ वि.सं. २०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं. २०५५ देखि २०७४ सम्म जि.वि.स. लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं २०५१ देखि हालसम्म वकालत पेशामा आवद्ध हुनुहुन्छ ।