Check Mail Check CIB
News & Events

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दिने क्षमता अभिवृद्धि तालिम तथा बजेट गोष्ठी कार्यक्रम सम्पन्न

01 Jun 2022
Kalika Laghubitta
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दिने क्षमता अभिवृद्धि तालिम तथा बजेट गोष्ठी कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्थाको शाखा प्रमुख स्तरीय २ दिने क्षमता अभिवृद्धि तालिम तथा बजेट गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । २०७९ जेठ १४ र १५ गते पोखराको लेकसाईड स्थीत टिका रिसोर्टमा संचालित गोष्ठीमा सम्पूर्ण ९८ शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता प्रवन्ध संचालक केशवनारायण प्रधानले गर्नु भएको थियो । प्रमुख अतिथिको रुपमा उपस्थित संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै गोष्ठी सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएका संचालक विश्वराज नेपालले पनि गोष्ठीको शुभकामना मन्तव्य राख्नु भएको थियो ।उक्त कार्यक्रमको संचालन नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गर्नु भएको थियो ।

उक्त २ दिने गोष्ठीमा शाखाहरुको बजेट प्रस्तुत योजना तथा अनुगमन विभाग प्रमुख याम अर्यालले गर्नु भएको थियो भने अनुगमन अधिकृतहरुले सहजिकरण गर्नुभएको थियो ।