Check Mail Check CIB
News & Events

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दिने लघुवित्त सम्वन्धी सिकाई तथा तालिम कार्यक्रम सम्पन्न

23 Dec 2022
Kalika Laghubitta
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दिने लघुवित्त सम्वन्धी सिकाई तथा तालिम कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्थाको सहायक स्तरका कर्मचारीहरुको लागि २ दिने लघुवित्त सम्बन्धी सिकाई तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । २०७९ पौष २ र ३ गते पोखराको लेकसाईड स्थीत टिका रिसोर्टमा संचालित तालिम कार्यक्रममा अनुगमन मुकाम कार्यालय कुश्मा र शिशुवा अन्तर्गतका ४१ वटा शाखाहरुबाट सहायक स्तरका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्‍घाटन सत्रको अध्यक्षता र उद्‍घाटन प्रवन्ध संचालक केशवनारायण प्रधानले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो ।उक्त कार्यक्रमको सञ्चालन अधिकृत कविता पोखरेलले सञ्चालन गर्नुभएको थियो ।