Check Mail Check CIB
News & Events

२० प्रतिशत लाभांश सहित कालिका लघुवित्तको १३ औं वार्षिक साधारण सभा सम्पन्न

13 Apr 2023
Kalika Laghubitta
२० प्रतिशत लाभांश सहित कालिका लघुवित्तको १३ औं वार्षिक साधारण सभा सम्पन्न

कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्था लि.को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको आ.व.०७८।०७९ को वार्षिक साधारण सभा पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रा.लि.को सभा हलमा मिति २०७९ चैत्र २९ गते बुधवार सम्पन्न भएको हो । संस्थाको संचालक समिति अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०७८।०७९ को १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस शेयर पारित गर्दै १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस पश्चात संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ३७ करोड २३ लाख २१ हजार ७ सय ४० पुगेको छ ।
साथै उक्त साधारणसभामा संस्थाको संचालक समितिमा रिक्त रहेको संस्थापक समूहको तर्फबाट स्याङ्गजाको वालिङ्ग निवासी संस्थापक शेयर सदस्य श्री नित्यानन्द तिवारी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

साधारण सभाको कार्यक्रम वित्तीय संस्थाको कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेले संचालन गर्नु भएको थियो ।