Check Mail Check CIB
News & Events

शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्दि तालिम तथा आ.व.०८०।०८१ को वजेट तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न

05 Jun 2023
Kalika Laghubitta
शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्दि तालिम तथा आ.व.०८०।०८१ को वजेट तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न

   संचालित तालिम कार्यक्रममा अनुगमन मुकाम कार्यालयहरुका अनुगमन अधिकृतहरु सहित १०० वटा शाखाहरुबाट शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । संचालक समितिका अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्री प्रमुख अतिथि रहनुभएको कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गर्नुभएको थियो। का.मु.प्रवन्धक हर्ष बहादुर स्याङ्तानले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य माथि प्रष्ट पानुभएको थियो । उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु शान्ता कुमारी पोखरेल उप्रेती,नित्यानन्द तिवारी,विश्वराज नेपाल र केशवनारायण प्रधानले कार्यक्रमको सफलता सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुलाई का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कविता पोख्रेलले गर्नुभएको थियो ।