Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्षमा प्रवेश गरेको अवसरमा कालिकाले सञ्चालक समितिका पदाधिकारीहरु तथा संस्थापक लगानीकर्ताहरु एवं कर्मचारीहरुको बिचमा अन्तक्रिया कार्यक्रमको साथमा वार्षिकउत्सव मनाएको हो ।
सञ्चालक समितिका अध्यक्ष ई. विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा संस्थाले हाल सम्म गरेका प्रगति विवरण तथा भाबि लक्ष्य तथा रणनीतिहरुको बारेमा अन्तरक्रिया गरेको हो । अध्यक्ष पौडेलले समारोहमा संस्थालाई यो उचाईमा ल्याउनको लागि योगदान दिनुहुने सम्पूर्ण शेयरधनी, संस्थापकहरु, कर्मचारीहरु, सदस्यहरु तथा नीयमन निकायलाई विशेष धन्यबाद दिए ।
समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले आर्थिक वर्ष २०७४/७५ को समष्टिगत प्रगति विवरण तथा यस आर्थिक वर्षको लक्ष्य प्रस्तुत गरेका थिए ।
१५ जिल्लामा ५८ वटा शाखा विस्तार सहित संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा १० करोड चुक्ता पुँजि सहित आफ्ना कुल २७ हजार सदस्यहरुबाट ४९ करोड निक्षेप संकलन गरि १ अरब २० करोड लगानी गरेको छ । संस्थाले आर्थिक वर्षको अन्तिममा २ करोड साठी लाख कुल नाफा गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्षको अन्तिममा असार २१ गते नेपाल राष्ट्रबैंक बाट राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा मान्यता पनि पाएको छ ।
यस आर्थिक वर्षको लागि भने संस्थाले देशव्यापी रुपमा ९९ वटा शाखा पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको छ भने यहि भाद्र मसान्त भित्रमा १२ वटा नयाँ शाखा विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी गराउनुभयो । यस आर्थिक वर्षको लागि २८ हजार थप सेवाग्राही सदस्य संगै एक अर्ब लगानी बृद्धि गर्ने तथा ३५ करोड बचत बृद्धि गर्ने संस्थाको योजना रहेको छ ।
समारोहमा संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेत, पुर्व सञ्चालकहरु पदमपाणी काफ्ले र कृष्णकाजी केसी, संस्थापक लगानीकर्ता डोलराज ढुंगाना, यमकान्त खनाल, कुलदेव लामिछाने लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथैं संस्थाको सम्पूर्ण शाखाहरुमा साँझ दिपावली गरि वार्षिकउत्सव मनाएको हो ।
वार्षिक उत्सव समारोहमा उपस्थित सम्पूर्णलाई सञ्चालक समितिका सदस्य नित्यानन्द तिवारीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने केन्द्रिय कार्यालयका योजना अनुगमन तथा मानव संशाधन विभाग प्रमुख खेमनारायण रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।