कालिका लघुवित्त वित्तीय संस्थाले लेखापाल कर्मचारीहरुलाई २ दिने “Branch Leaders of Tomorrow: Capacity Building Training” कार्यक्रम मिति २०८२/०६/०२ देखि २०८२/०६/०३ गते बुटवल स्थित होटल वेष्ट एसियनमा सम्पन्न भएको छ ।
संचालित तालिम कार्यक्रममा ६ वटा अनुगमन मुकाम कार्यालयका ४० जना लेखापाल कर्मचारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कुल चन्द्र पराजुलीज्यूले गर्नुभएको थियो । नायव प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेज्यूले कार्यक्रमको उद्देश्य माथि प्रष्ट पार्नुभएको थियो । बरिष्ठ प्रवन्धक श्री दिवस ढकालज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । आन्तरिक लेखा परिक्षण विभाग प्रमुख श्री हर्ष बहादुर स्याङ्तान, जोखिम ब्यवस्थापन तथा असुली विभाग प्रमुख श्री खेम नारायण रेग्मी, लेखा विभाग प्रमुख श्री याम प्रसाद अर्याल, कर्जा विभाग प्रमुख श्री कबिता पोख्रेल, सूचना तथा प्रविधि विभाग प्रमुख श्री स्वीकृती के.सी. ले विभागसंग सम्बन्धित बिषयमा सहजिकरण गर्नु भएको थियो। कार्यक्रम सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख श्री कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो।