Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासको "Monitoring Wise Quarterly Review and Quality Assurance Training" कार्यक्रम लेकसाइड स्थित होटल पौवामा मिति २०८२/०७/२०, २१ र २२ गते सम्पन्न गरेको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासको "Monitoring Wise Quarterly Review and Quality Assurance Training" कार्यक्रम लेकसाइड स्थित होटल पौवामा मिति २०८२/०७/२०, २१ र २२ गते सम्पन्न गरेको छ ।

यस कार्यक्रममा ११ वटा अनुगमन मुकामका अनुगमन अधिकृत र केन्द्रीय कार्यालयका विभागीय प्रमुखहररुको उपस्थिति रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कुल चन्द्र पराजुलीज्यूको अध्यक्षता र सञ्चालक समितिका अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीज्यूको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीज्यूले पानसमा बत्ती बालेर गर्नुभएको थियो । वरिष्ठ प्रबन्धक श्री दिवस ढकालज्यूको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेज्यूले कार्यक्रमको उद्धेश्य माथि प्रष्ट पार्नुभएको थियो । सञ्चालक समितिका सदस्य श्री युक्त बहादुर सुवेदीज्यूले कार्यक्रमको सफलताको शुभकामना सहित आफ्ना भनाइ र सुझाव दिनुभएको थियो ।
सञ्चालक समितिका अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीज्यूले कर्मचारीहरुको अथक प्रयास र मेहनतले संस्था यहाँसम्म अइपुगेको र अझै मेहनतका साथ लागेर कार्य गर्न कर्मचारीहरुलाई शुभकामना दिनुभएको थियो । सञ्चालक समितिले संस्थाको लक्ष्य प्राप्तीका लागि आवश्यक सर सहयोग गर्न कुनै कसर बाँकी नराख्ने र आवश्यकता अनुसारका तालिम, सेमिनार तथा गोष्ठी सञ्चालन गर्न व्यवस्थापनलाई सुझाव दिनु भयो । ३ दिने यस कार्यक्रममा पहिलो त्रैमासको लक्ष्य र प्रगतिको समीक्षा तथा आउने दिनमा कसरी संस्था तथा कार्यक्रमलाई अगाडी बढाउने भन्ने विषयमा छलफल गरी आवश्यक योजना तथा रणनीति तयार गरिएको थियो । यस कार्यक्रममा केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरुले विभागसंग सम्वन्धित बिषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रम योजना तथा अनुगमन विभाग प्रमुख श्री कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top