कालिका लघुवित्तबाट आ.ब. २०८१/८२ को बैशाख महिनासम्मको समीक्षा तथा आ.ब. २०८२/०८३ को बजेट तर्जुमा गोष्ठी साथै शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्दि तालिम कार्यक्रम सम्पन्न
कालिका लघुवित्त वित्तीय संस्था लि. को आ.ब. २०८१/८२ को बैशाख महिना सम्मको समीक्षा तथा आ.ब. २०८२/०८३ को बजेट तर्जुमा गोष्ठी साथै शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्धि तालिम कार्यक्रम पोखरा लेकसाइड स्थित होटल टीका रिर्सोट प्रा.लि. मा मिति २०८२ जेठ १५ गते शुरू गरी १७ गते ५६ बटा शाखाका ५६ जना शाखा प्रमुख र प्रतिनिधीहरु तथा ५ जना अनुगमन अधिकारी र मिति २०८२ जेठ १९ गते देखि २२ गते सम्म बुटवल स्थित होटल बेष्ट्रन एशियनमा ४९ वटा शाखाका ४९ जना शाखा प्रमुख तथा ४ जना अनुगमन अधिकारीहरू उपस्थिति रहेको थियो । पोखरामा सञ्चालन भएको कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत श्री कुलचन्द्र पराजुलीको अध्यक्षतमा सञ्चालित कार्यक्रम अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको थियो । संस्थाका बरिष्ठ प्रवन्धक श्री दिवश ढकालको स्वागत मन्तब्य सहित शुरू भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्री तथा सञ्चालक श्री चन्द्र बहादुर बस्नेत, श्री युक्त बहादुर सुवेदीले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । नायव प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेले बजेट कार्यक्रमको प्रकृया पद्दती तथा बजेटको मुख्य उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । सो दुई वटै कार्यक्रममा मोटीभेटर डा.रविन कटुवालले कर्मचारीहरुलाई लक्ष्य प्राप्तिका लागि आवश्यक उत्प्रेरणा सहित तालिम प्रदान गर्नु भएको थियो । समापन समारोहमा सञ्चालक श्री विश्वराज नेपालले वित्तीय संस्थाले लिएका लक्ष्यहरु पुरा गर्न शाखा प्रमुखहरुलाई शुभकामना ब्यक्त गर्नु भएको थियो । आन्तरिक लेखा परिक्षण विभाग प्रमुख श्री हर्ष बहादुर स्याङ्तान, जोखिम ब्यवस्थापन तथा असुली विभाग प्रमुख श्री खेम नारायण रेग्मी, लेखा विभाग प्रमुख श्री याम प्रसाद अर्याल, कर्जा विभाग प्रमुख श्री कबिता पोख्रेल, सूचना तथा प्रविधि विभाग प्रमुख श्री स्वीकृती के.सी.ले विभागसंग सम्बन्धित बिषयमा सहजिकरण गर्नु भएको थियो। कार्यक्रम सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो ।