कालिका लघुवित्त वित्तीय संस्थाको ९३ औँ शाखा स्याङ्जाको फेदीखोलामा मिति २०७८।०९।२५ गतेबाट शुरु भएको छ।
कालिका लघुवित्त वित्तीय संस्थाको ९३ औँ शाखा स्याङ्जाको फेदीखोलामा शुरु भएको छ। मिति २०७८।०९।२५ गते आयोजित शाखा कार्यलयको समुद्घाटन कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं २ का वडा सदस्य उजुर बहादुर के.सी. ले शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा प्राइम बैङ्क फेदीखोला शाखा, मुक्तिनाथ विकास बैङ्क, सांग्रिला विकास बैङ्क लगायत अन्य संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । 